रानीपोखरी खुल्दै, सरसफाई अभियान शुरु (भिडियोसहित)

रानीपोखरी खुल्दै, सरसफाई अभियान शुरु (भिडियोसहित)


काठमाडौंमा रहेको ऐतिहासिक रानीपोखरीको सरसफाई भइरहेको छ । 

भूकम्पले क्षति पुगेपछि लामो समय पानी नभएको पोखरीको उपमा पाएको रानीपोखरी अहिले भने आकर्षक बन्दैछ। पुनर्निर्माणपछि जीवन पाएको रानीपोखरीलाई थप आकर्षक बनाउन यो बेला सरसफाई अभियन्ताहरु जुटेका छन्। 

विश्व सरसफाई अभियन्ताहरुले रानीपोखरी र आसपासको क्षेत्रबाट एकसाथ फोहोर निमिट्यान्न पर्ने उद्देश्य लिएका छन् । उनीहरुले पुष ४ गतेबाट एक महिने अभियान सञ्चालन गरिरहेका छन्। रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरको क्षेत्र सफा बनाउने उनीहरुको लक्ष्य छ। 

मन्दिरहरुको शहरको नामले विश्वमा परिचित काठमाडौले पछिल्लो समय फोहोरी शहरका रुपमा समेत परिचय बनाउँदैछ। अभियन्ता मानवले काठमाडौं यति धेरै अव्यवस्थित र फोहोरी कसरी भयो भन्ने बारे छलफल आवश्यक रहेको बताउँदै सबैको साथ सहयोग भयो भने विश्वमा नै नुमना शहर बनाउन सकिने दाबी गरे। 

काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी गरेको छ। आसपासको क्षेत्रमा थप संरचना निर्माण सकिए लगत्तै रानीपोखरी खुल्ला गर्ने महानगरको भनाइ छ। रानीपोखरी प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालय निर्माण भइरहेको छ। रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्वारसँगै फल्चाको पनि निर्माण कार्य भइरहेको छ। यस्तै, शान्तिवाटिका क्षेत्रमा गोलघर सहितका फल्चाहरुको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

 

Logo