आज शक्तिशाली क्षुद्रग्रह पृथ्वी नजिकैबाट पार हुँदै

आज शक्तिशाली क्षुद्रग्रह पृथ्वी नजिकैबाट पार हुँदै


वासिङ्टन ।

क्रिसमसको दिन डिसेम्बर २५ (आज) शक्तिशाली क्षुद्रग्रह पृथ्वीको नजिकैबाट पार हुने पूर्वानुमान गरिएको छ । अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा) का अनुसार क्रिसमसको दिन उक्त क्षुद्रग्रह पृथ्वी नजिकैबाट पार हुन लागेको हो ।

४४ हजार १ सय ७२ किलोमिटर प्रतिघण्टाको तिव्रतामा आउँदै गरेको उक्त क्षुद्रग्रहको आकार ६ सय २० मिटर रहेको मापन गरिएको छ । जसको लम्बाइ फ्रान्सको आइफल टावरभन्दा दुई गुणा रहेको बताइएको छ । उक्त क्षुद्रग्रह पृथ्वीबाट ७२ लाख ९१ हजार ४ सय किलोमिटर दुरीबाट पार हुने नासाको अनुमान छ ।

यो दूरी सामान्यतः टाढा जस्तो लागे पनि नासाका वैज्ञानिकहरु यसलाई नजिकको दूरी मान्छन् । तर उक्त ग्रहलाई नांगो आँखाले देख्न नसकिने वैज्ञानिकहरुको भनाइ छ ।
एजेन्सी

Logo