भोजपुर
पिउने पानीको समस्या भएपछि जिल्लाको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङको साविक वडा नं ८ र ९ का स्थानीय बसाइँ सर्न बाध्य भएका छन् ।
राष्ट्रपति विद्या भण्डारीको जन्मथलो समेत रहेको मानेभञ्ज्याङमा वर्षातको समयमा पनि पानीको मुहान नफुट्दा सो ठाउँमा पानीको हाहाकार भएको छ । पानी मुहान सुकेपछि करिब ५० घर स्थानीय कुवाको थोपा–थोपा पानी संकलन गरी पिउने पानीको जोहो गर्न बाध्य छन् ।
गाउँमा रहेको एक मात्र जुके कुवामा बिहान ३ बजेबाट पानी भर्न स्थानीयको भीड लाग्ने गरेको छ । गाउँभरिकाले पानी खाने यही एउटा कुवा भएको जानकारी दिंदै स्थानीय सीता ढकालले भनिन् ‘गाउँभरिका सबै विहान ३ बजेबाट लाइन बस्छौं ।’ थोपा थोपा मात्र पानी आउने हुनाले एक÷एक गाग्रो पानी भर्न दिनभरि नै लाग्छ, उनले गुनासो गरिन् ।
सो कुवाको पानी ओडारे, दमाइछाप, अर्चेनी लगायतका स्थानीयले पिउने गरेका छन् । यदि त्यो कुवा पनि सुकेमा हिमाङ वा कावाखोला पुग्नु पर्ने स्थिति रहेको स्थानीयको गुनासो छ । सो भेगमा पानीको समस्या भएपछि करिब सय बढी परिवारले गाउँ छाडिसकेको स्थानीय भीम प्रसाद ढकालले बताए । १२ बैशाख २०७२ मा गएको महाभूकम्पका कारण प्राकृतिक रुपमा रहेका ढुङ्गेधारा, कुवा, पँधेरा लगायत पानीको मुहान सुकेपछि पानीको समस्या भएको सो भेगका स्थानीयले जानकारी दिए ।
राजधानीबाट





























प्रतिक्रिया