महेन्द्रनगर

नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मला पन्तको हत्यारा सार्वजनिक गर भन्दै महेन्द्रनगरमा आइतबार साँझ राँके जुलुस निकालेको छ । "/>

निर्मलाको हत्यारा सार्वजनिक गर भन्दै महेन्द्रनगरमा राँके जुलुस

निर्मलाको हत्यारा सार्वजनिक गर भन्दै महेन्द्रनगरमा राँके जुलुस

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर

नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मला पन्तको हत्यारा सार्वजनिक गर भन्दै महेन्द्रनगरमा आइतबार साँझ राँके जुलुस निकालेको छ ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या आरोप लागेका निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्ट सहित तीन जनाको डिएनए रिपोर्ट आइतबार दिउसो सार्वजनिक भएको थियो । तीनै जनाको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग नमिलेको बताइए संगै नेपाली कांग्रेस तथा नेपाल विद्यार्थी संघ झन आन्दोलित बनेको हो ।

राँके जुलुस नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु भई जिप्रका, मदनचोक हुदै भानुचोकमा पुगेर बिरोधसभामा परिणत भएको हो । बिरोधसभामा बोल्दै बिद्यार्थी नेताहरुले निर्मलाको भजाइनल स्वाब नै नक्कली पठाइएको हुन सक्ने र त्यता तिर कसैको ध्यान नगएकोमा आपत्ति जनाएका छन् ।

निर्मलाको न्यायका लागि निरन्तर दबाबमूलक कार्यक्रम अन्तर्गत कञ्चनपुरमा सोमवार ( आज ) नेवि संघले शैक्षिक आमहड्तालको घोषणा समेत गेरको छ । हत्यारा पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रमहरु नरोकिने संघका केन्द्रीय सदस्य कैलास चन्दले बताए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo