इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ ।

इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आज बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नंको जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । "/>

नायब सुब्बाको दुर्घटनामा निधन

नायब सुब्बाको दुर्घटनामा निधन

केन्द्रबिन्दु
0
Shares

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ ।

इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आज बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नंको जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए । क्रेनको ठक्करबाट कोइराला चढेको मे ५ प ६६६४ नंको मोटराइकल क्षतविक्षत भएको छ । क्रेनका चालक भने फरार छन् । रासस

Logo