टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको छ । "/>

आफ्नै बुबाले छोरालाई बन्चरो प्रहार गरि हत्या

आफ्नै बुबाले छोरालाई बन्चरो प्रहार गरि हत्या

केन्द्रबिन्दु
0
Shares

टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको छ । बाबु छोराको सामान्य घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गरेका थिए ।

बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् डिएसपी हरि बहादुर वलीले जानकारी दिए ।बञ्चरो प्रहारबाट घाइते भएका लुहारलाई उपचारको लागि टिकापुर अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएका थियो । लुहारको उपचारकै क्रममा राति करिब साढे १२ बजे मृत्यु भएको थियो ।

मृतक लुहारको शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए । गत हप्तामात्रै उनी श्रीमतीसहित नेपाल आएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सधैंजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुवाले गरेको आग्रहलाई नमान्दा भएको सामान्य विवादमा उनको मृत्यु भएको बताइएको छ ।

Logo