साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी इम्तियाज अली (डब्बु) पक्राउ परेका छन्। सुन तस्करी अनुसन्धान टोलीले डब्बुलाई शुक्रबार राजधानीको बागबजारबाट पक्राउ गरेको हो।
डब्बुको नेपालका ठूला ब्यबसायीहरुसँग व्यापारिक सम्बन्ध देखिएको बुझिएको छ । टोलीले असार ८ गते अकबर शाहलाई पक्राउ गरेको थियो । त्यस्तै गत मंगलबार कुख्यात हुण्डी कारोबारी विमल पोद्दारलार्इ पक्राउ गरेको थियो ।





























प्रतिक्रिया