सामाजिक अभियन्ता डाक्टर गोविन्द केसीले सरकारको गैरप्रजातान्त्रिक कदमविरुद्ध ससक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शनिबार राजधानीस्थित माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा बोल्दै डा. केसीले अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने बताए । प्रजातन्त्रको मुख्य मर्म नै वाक् र अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उनले माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको दाबी गरे। समाजवाद उन्मुख संविधान, गणतान्त्रिक मुलुक र समाजवाद, साम्यवादी उन्मुख दलहरु भनिए पनि व्यवहारमा त्यसो नभएको उनको तर्क थियो ।
प्रदर्शनमा सहभागीहरुले गंगामायाको माग पूरा गर, बालकृष्ण ढुंगेलको माफी रद्द गर, व्यक्ति हत्याको हत्या राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको प्रतिस्थापन विधेयक यथास्थितिमा तुरुन्त पारित गर, अपराधीलाई गिरफ्तार गर भन्ने सन्देशसहितको प्ले कार्ड लिएका थिए ।





























प्रतिक्रिया