विश्व कीर्तिमानी गीतकार उपाध्यायको ‘जिन्दगीका अनेक…‘’ सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार उपाध्यायको ‘जिन्दगीका अनेक…‘’ सार्वजनिक (भिडियो)


काठमाडौं ।

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक…’ सार्वजनिक भएको छ । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।

पछिल्लो पटक सार्वजनिक गीतमा नेपालमा प्रकाशित धेरै भन्दा धेरै उपन्यासको नाम लिइएको छ । डा.उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमान कायम गर्न सफल भएको थियो ।

डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका हुन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडका साथै समाजका अन्य विषय पनि समेटिएको पाइन्छ ।

सयौं गीतका सर्जक डीआरका दश वटा उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ छिट्टै नै सार्वजनिक हुने तयारीमा छ ।

Logo