कुहिनोमा किन झट्का लाग्यो ? थाहा पाउदा पर्नुहुनेछ चकित !

कुहिनोमा किन झट्का लाग्यो ? थाहा पाउदा पर्नुहुनेछ चकित !


कहिलेकाही कुहिनो कुनै कुरामा ठोक्किदा करेन्ट लागे झै झट्का महसुस गर्नुभएको होला । यस्तो किन हुन्छ भनेर कहिले सोच्नु भएको छ ? तपाई हामी कहिलेकाही अचानक कुहिनो केहि कुरामा ठोक्किदा स्तब्ध हुन्छौं त कहिले हाँस्छौं वा रुन्छौं ।

यही कारणले गर्दा आम भाषामा कुहिनोको हड्डीलाई फनी हड्डी पनि भनिन्छ । यी हड्डीहरूले कडा सतहमा ठोक्ने बित्तिकै करेन्ट उत्पन्न गर्छन् । यस प्रकारको विद्युत् प्रवाहको मुख्य कारण यो भागमा रहेको अल्नार नर्भ हो । आउनुहोस् यो सामान्य घटना पछाडिको विशेष विज्ञान जानौं ।

फनी बोन्सले किन झट्टका दिन्छ ?

बीबीसी रिर्पोटका अनुसार काँधदेखि कुहिनोसम्म जाने हड्डीलाई ह्युमरस भनिन्छ । यदि यो हड्डीमा कुनै कुरा ठोक्कियो भने, बिजुलीको झटका जस्तै शरीरमा सनसनी हुन्छ । यस्तो सनसनी हुनुको मुख्य कारण गलिबच नसा हो । यो नसा हाम्रो मेरुदण्डबाट निस्कन्छ र सिधा काँध हुँदै औंलासम्म पुग्छ । कुहिनोको हड्डीलाई जोगाउने यो स्नायुमा केही लाग्ने बित्तिकै व्यक्तिले करेन्ट् लागे झै झट्का महसुस गर्छन ।

हाम्रो मस्तिस्कले यस्तो ठोकाइलाई हड्डीमै प्रहार भएको सम्झिन्छ तर  वास्तविकतामा चोट अल्नार नर्भमा लागेको हुन्छ । चोट लाग्ने बित्तिकै, न्यूरोन्सले हाम्रो मस्तिष्कमा संकेतहरू पठाउँछ । जसले करेन्ट्को झट्का झै अनुभव गराउछ । यसै कारण हामी कुहिनो कतै ठोक्किदा करेन्ट लागेको झै महसुस गछौं ।   
 

Logo