निर्माणाधीन भवनको अवलोकन गर्दै प्रधानमन्त्रीले भने- ‘आफ्नै संसद भवन नहुनु नमिठो कुरा’

निर्माणाधीन भवनको अवलोकन गर्दै प्रधानमन्त्रीले भने- ‘आफ्नै संसद भवन नहुनु नमिठो कुरा’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् । 

उक्त अवलोकनमा प्रधानमन्त्री प्रचण्डले संसदको हिउँदे अधिवेशन यही गर्न सकिने उद्देश्यका साथ निमार्णको कार्य अघि बढाएको बताए । उनले प्रतिनिधि संस्थाको आफ्नै भवन नहुनु सबैको लागि नमिठो विषय भएको भन्दै सिंहदरबारभित्र संसद भवनको निमार्ण सबै हिसाबले उचित भएको बताए । 

उनले भने, 'देशको एक मात्र सर्वोच्च सार्वभौम संस्था, प्रतिनिधि संस्थाको आफ्नै भवन नहुनु, भाडामा बस्नु पर्ने अवस्था हुनु, यो एउटा नमिठो कुरा थियो । सिंहदरबारभित्र स्थानको हिसाबले, संसद सचिवालयको सबै र सरकारका सबै संस्थाको हिसाबले राम्रो स्थान हो । यसलाई तीव्र गतिमा काम गरेर सकेसम्म हिउँदे अधिवेशन संसदको यही गर्न सकियोस् । मिसन भने पनि उद्देश्य भनेपनि त्यो छ र अहिले जुन गतिमा काम भएको छ ।' 

प्रधानमन्त्री प्रचण्डले सुविधासम्पन्न आफ्नै भवन बन्नु देशकै लागि गौरवको विषय भएको भन्दै यसको निमार्णमा कुनै प्रकारको सम्झौता नगर्न आग्रह पनि गरेका छन् । उनले सरकारको तर्फबाट केही सहयोग आवश्यक परेमा प्रधानमन्त्रीको हैसियतले सबै सहयोग गर्न तयार भएको प्रतिवद्धता पनि गरेका छन् । 

Skip This
Skip This
Logo