प्रधानमन्त्रीलाई सांसद बास्कोटाको प्रश्नः तिरङ्गा झण्डा उचाल्ने कि चन्द्र सूर्यको ?

प्रधानमन्त्रीलाई सांसद बास्कोटाको प्रश्नः तिरङ्गा झण्डा उचाल्ने कि चन्द्र सूर्यको ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद गोकुल वास्कोटाले कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगार्ने तर त्यस्को दोष चैं प्रतिपक्षी एमालेले भोग्नु पर्ने भन्दै प्रश्न उठाएका छन् । 

केहीदिनको अवरोधपछि आज बसेको प्रतिनिधिसभा बैठकमा एमालेको तर्फबाट संसद अवरोध गर्नुको कारण बारे आफ्नो धारण राख्दै सांसद बास्कोटाले प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्ति बारे संसदलाई चित्त बुझाउनु पर्ने बताए । उनले सबै दोष एमालेमाथि थोपरेर उम्कन नखोज्न चेतावनी दिदैं प्रधानमन्त्रीले जे बोले पनि सहन नसकिने बताए । 

उनले भने ‘सेतो चोली र रातो चोली कुन चोली सिएको यो गीत मैले गाएको हैन् सम्झाई दिएको हो । अहिले म सोध्छु प्रधानमन्त्री ज्यू, तपाई भन्नु पर्ने भो । तपाईले तिरङ्गा झण्डा उचाल्ने हो की चन्द्र सूर्य झण्डा  उचाल्ने हो भन्नु पर्ने भो यो संसदमा । तीन करोड २ करोड ९१ लाख जनतालाई हाम्रो प्रधानमन्त्री हामीले भन्ने कुरा भन्नु पर्ने भो नेपाली जनतालाई विश्वास दिलाउनु पर्यो  । जनता दुखित हुने कुरा र हाम्रो सार्वभौम सक्तामाथि निरन्तर हमला हुने कुरा र त्यसमा प्रधानमन्त्री मौन रहने कुरा हाम्रो लागि स्वीकार्य भएन देशको लागि स्वीकार्य भएन् ।’

सांसद बास्कोटाले प्रधानमन्त्री दाहालले देशभक्ति र क्रान्तिकारीको ट्रक चढेर कहाँ पुग्नु भयो भन्ने प्रश्न गर्दै आन्तरिक कुरा  जे भएपछि देशभक्तिबाट कोही पनि च्यूत हुन नहुने बताए ।

Logo