काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् ।
मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषभाषी, जातजाति र क्षेत्रका विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्छ । पिएसबीमा सबै बर्ग, क्षेत्र, भषाभाषि, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने लागेको छ । राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । पिएसबीले सहभागितामुलक, समानता र समाबेशी अवधारणामा आधारित भएर काम गर्छ भन्ने विश्वास लिएको छु ।’
साथै उनले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सुचनाको हकको प्रत्याभुत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । उनले अरु मिडियाले झै नाफा कमाउने नभइ पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रती केन्द्रित हुनुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया