काठमाडौं । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले बहिष्कार गरेका छन् ।
बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको थियो । उनीहरूले धारणा राख्नका लागि समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको स्मरण गराउँदै बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरिरहे ।
रास्वपाकाे अवराेधका बीच सभामुखले बैठक अघि बढाएपछि उनीहरुले बैठक बहिष्कार गर्दै सभा हलबाट बाहिरिएका हुन् ।





























प्रतिक्रिया