‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई थ्रु’ गरेका छाैं -प्रधानमन्त्री

‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई थ्रु’ गरेका छाैं -प्रधानमन्त्री

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन, ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई आफूहरुले थ्रु’ गरेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले, विकास निर्माणका काममा ‘ब्रेक’ लगाएर राखिएका कामलाई ‘थ्रु’ गरिएको भन्दै राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुःखद् हुने बताए ।

उनले भने,‘विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं । निराशाको व्यापार गर्ने असन्तुष्टि र उत्तेजनाको उद्योग चलाएर त्यसमा नै आफ्नो भविष्य देख्ने र राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुखद् हो ।’

Skip This
Skip This
Logo