काठमाडौं । साढे चार महिनापछि शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको पाचौँ हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । ओलीले हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विभिन्न विषयवस्तुमा ५६ लामो पृष्ठको प्रतिवेदन प्रस्तुत गरे ।
उनले साढे छ महिनामा सरकारले गरेका कामको बारेमा चर्चा गरे । उनले बैठकलाई सम्बोधन गर्दै सरकार सकारात्मक रुपमा अघि बढेको बताए ।
त्यस्तै, ०८४ सम्म सत्ता समीकरण टसमस नहुने, संविधान संशोधन विधेयक ल्याउने, बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको, अध्यादेशमार्फतआर्थिक सुधारका विषयहरू सकारात्मक रुपमा अघि बढेका लगायतका विषयमा आफ्नो विचार व्यक्त गरे ।
‘यस सदनमा हामी कोही सरकार पक्ष छौं, कोही प्रतिपक्ष छौं । जनताका हितमा, राष्ट्रलाई अलमलबाट तीव्र गतिको विकासमा लैजान कोही किन प्रतिपक्ष हुनै पर्छ ?’ उनले भने । संसद्को यस अधिवेशनले आवश्यक नयाँ कानुन दिएर विकासको रफ्तारलाई तीव्रता दिन नयाँ रेकर्ड राख्ने बताए ।
प्रधानमन्त्री ओलीले गरेको सम्बोधन
प्रधानमन्त्री ओलीको सम्बोधनपछि ठूलाे दलको प्रतिनिधित्व गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकलाई सम्बोधन गरे । उनले अहिलेको सरकारले सकारात्मक रुपमा अघि बढिरहेको छ र नेकपा एमाले र कांग्रेसबीच भएका ७ बुँदे कार्यान्वयन हुने लगातका विषयबस्तुमा आफू विश्वस्त रहेको दाबी गरे ।
‘सरकार सकारात्मक रुपले अघि बढेको छ । आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भने, ‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव र अनुभूति गरेको छु ।’
देउवाले गरेको सम्बोधन





























प्रतिक्रिया