उपभोक्ता हितसँग जोडिएका कुरामा सरकार कमजोर देखिएको छः वेदुराम भुसाल

उपभोक्ता हितसँग जोडिएका कुरामा सरकार कमजोर देखिएको छः वेदुराम भुसाल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रियसभाका सदस्य डा वेदुराम भुसालले उपभोक्ताहितसँग जोडिएका कुराहरुमा सरकार कमजोर देखिएको बताएका छन् ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका हुन् ।

सांसद डा भुसालले भने, “अधिवेशन सुरु हुनुभन्दा चार दिनअघि अध्यादेश प्रकाशित भएका छन् । अध्यादेश ल्याउने संवैधानिक व्यवस्था हो । तर अध्यादेश कतिबेला र कस्तो अध्यादेश ल्याउने भन्ने मुख्य कुरा हो । अध्यादेश जनताको पक्षमा छैनन् ।”

Skip This
Skip This
Logo