काठमाडौं । चर्चित निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा विवादित बनेका तत्कालिन एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएको छ । "/>

डिएनए रिपोर्ट नमिलेपछि एसपी डिल्लीराज बिष्टले खोले निर्मला काण्डको राज

डिएनए रिपोर्ट नमिलेपछि एसपी डिल्लीराज बिष्टले खोले निर्मला काण्डको राज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा विवादित बनेका तत्कालिन एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएको छ । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी बिष्टसहित उनका छोरा र भीमदत्त नगरका मेयरका भतिजको डिएनए रिपोर्ट नेगेटिभ आएको हो ।

जिल्ला अदालतको मौखिक आदेशअनुसार तिनै जनाको डिएनए परीक्षण गरिएको थियो । परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएपछि घटना थप रहस्यमय बनेको छ । आम चासोको विषय बनिरहेको यो घटनामा अब निर्मलाले न्याय पाउनेमा थप शंका पैदा भएको छ ।

सुनोजित तरिकाले घटनामा संलग्नलाई पन्छ्याएर निर्दोष व्यक्तिलाई दोषी करार गर्न खोजेको भनिएका एसपी डिल्लीराज बिष्टले डिएनए रिपोर्ट आएसँगै घटनाको नालीबेली खुलाएका छन् । उनले केन्द्रबिन्दुसँग गरेको टेलिफोन कुराकानीः

१) डिएनए रिपोर्टबाट तपाई निर्दोष देखिनुभयो ? रिपोर्ट आउनुभन्दा पहिला कस्तो भईरहेको थियो ?
रिपोर्टले केही पनि गर्दैन् । मेरो आत्मालाई थाहा थियो । यसले एउटा के गहिरो सन्देश दियो भने, अनुसन्धान गर्नेहरुले पनि हावाको तरिकामा गर्नुहुदैंन् । भिडले जे भन्यो त्यही गर्दै गयो भने अहिले परिणिती हुन्छ । भिडले गर्दा अनुसन्धालाई प्रभावित पार्छ ।

यसमा कैयौं रिसर्च गरिएको हुन्छ, विश्लेषण गरिएको हुन्छ, वैज्ञानिक तथ्यहरु केलाईएको हुन्छ । जुन जहिलेपनि अकाट्य हुन्छ । त्यही भएर भिड र अनुसन्धानको कुरा मिल्दैंन भन्ने डिएनए परीक्षणले पनि देखाईसकेको छ ।

२) छानविन समितिले पनि प्रहरीले अनुसन्धानमा प्रमाण नष्ट गरेको गरेको छ भन्ने छ त ?
यो सरासर गलत हो । यसका पाटाहरु विस्तारै खुल्दै जान्छन् । जसरी म माथि आरोप लागेको थियो । जुन डिएनए रिपोर्टले पनि प्रमाणित गरिसक्यो । प्रहरीले गरेका कुराहरु विस्तारै विस्तारै आउँदैंछ । घटनास्थलमा एउटा महिलाले निर्मलाले लगाएको कपडा पखालेको भरमा यसलाई अग्र बनाईएको हो ।

त्यो कपडाबाट के पाउथ्यो र ? प्रमाणसबै निर्मलाको शरिरभित्र थियो । रातभर पानी बगेर त्यो कपडामा भएका प्रमाणहरु सबै नष्ट भईसकेको कपडालाई मुद्दा बनाउनु गलत हो । उनको शरिरभित्र फेला परेको सबुत नै मुख्य हो । त्यो कपडा धुनु हुन्नथ्यो तर त्यो धोई सकेपछि धुनेलाई कारवाही गर्न सकिन्थ्यो । तर घटनालाई उग्र बनाईयो ।

३) तपाईले त साउन १२ गते भारतबाट घर पुगेका निर्मलाका बाबुको साउन ११ गते नै मुचुल्कामा औठाछाप लगाईदिनु भएछ ?
घटनापछि भेटिएका साईकल र कितावहरु निर्मलाको आमालाई साक्षी र बाबुलाई रोहबरमा राखिएको थियो । त्यो मुचुल्कामा मिति चाँही ११ गतेको राखिएको थियो । त्यो दिन बाबु रहेनछ । त्यो खाली छोडियो । १२ गते बाबु आउँदा रोहबरमा १२ गते लेख्नुपर्नेमा ११ गतेको मा नै औठाछाप गरिएको हो ।

त्यो पनि दस्तखत पनि साईकल र कापी किताब निर्मलाकै हो भन्नेमा गरिएको हो । त्यसरी केलाउँदै जाने हो भनेत साना साना गल्तीहरु आउँछन् । प्रत्येक स्टेप स्टेपमा गल्ती भेटिन्छ । नर्मली प्रहरीले गर्दा केही कुरामा ध्यान नदिँदा वा ध्यान नजाँदा त्यस्ता गल्तीहरु हुन्छन् । त्यसलाई मुख्य विषय बनाउनु हुँदैंन् ।

४) तपाईहरुले घटनास्थललाई किन शिल गर्नुभएन् ?
यहाँ लाश छ भन्ने थाहा नभएको अवस्थामा हामी उखुबारीमा खोज्दै गएका थियौं । त्यही क्रममा संयौंको संख्यामा मानिसहरु लाश खोज्न उखुबारीमा गए । खोज्दै जानेक्रममा लाश भेटियो । प्रहरीले भन्दा स्थानीयले पहिला लाश फेला पा¥यो । प्रहरी त्यहाँ पुग्दासम्म स्थानीयले घेरिसकेका थिए । त्यही भएर घटनास्थलमा शिल गर्न सकिएन् ।

५) त्यो घटना भएको लामो समयपछि तपाईहरुले दोषी भनेर सार्वजनिक गर्नुभएका दिलिप विष्ट त निर्दोष निक्लिए ?
हामीले सार्वजनिक गर्दा एउटा व्यक्तिलाई उसले दिएको बयानका आधारमा केही कुरा उचित देख्यौं र म्याद थपेर हिरासतमा राख्यौं भनेका थियौं । त्यो मान्छेको मानसिक स्थिति र डिएनए परीक्षणको काम बाँकी अबको समयमा आवश्यकता अनुसार अन्य कदमहरु चाल्छौं भनेका थियौं । हामीले त्यो बेला म्याद थपेर हिरासतमा लियौं मात्र भनेका थियौं ।

६) तपाईहरुले निष्पक्ष अनुसन्धान त गर्नुभएन छ नि ?
प्रहरीले हरेक कुरालाई गम्भीरताका साथ लिएर अनुसन्धान गर्दै आएको थियो । हरेक प्रमाणलाई आधार मानेर हामी अनुसनधान गरिरहेका थियौं । तर घटनालाई सुरुबाट नै राजनीतिकरण गरियो । जसलाई अहिले यहाँसम्म ल्याईएको छ । यस्तो जघन्य अपराधमा पिडितले न्याय पाउनुपर्छ ।

 

७) निर्मला जसको घरबाट हराएकी थिईन रोशनी बम दिदिबहिनीलाई किन म्याद थप गरेर अनुसन्धान गर्नुभएन ?
मास र हाम्रो कुरामा धेरै भिन्नता रह्यो । मास उसैपनि मनोविज्ञान हो । त्यो मास (भिड) ले अनुसन्धानलाई प्रभावित पार्‍यो । प्रहरीले गर्ने हरेक अनुसन्धान विभिन्न तथ्यमा आधारित, वैज्ञानिक आधारमा हुन्छ । जुन यथार्थ परक हुन्छन् । यसबाट भोली गएर अर्को रिजल्ट आउन सक्दैन् ।

बम दिदिबहिनीलाई थुनेर अनुसन्धान गर्नुपर्न भन्ने जुन भिडको माग थियो । तर हाम्रो अनुसन्धानले निकै फरक तथ्य निकालिरहेको थियो । केन्द्र, प्रदेश र जिल्लाका जुन अनुसन्धान टिम थियो त्यसले गरेको अनुसन्धानले बम दिदिबहिनीलाई थुनामा राख्नको लागि प्रमाण पुग्दैन्थ्यो । त्यसैले हामीले उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धानको लागि म्याद थपेनौं ।

८) तपाईहरुले दिलिप विष्टलाई चरम यातना दिएर मुद्दा कबुल गराउनुभएछ नि ?
तपाईहरुले अहिलेपनि दिलिपलाई सोध्नुभयो भने ‘मैले नै बलात्कार गरेको हुँ’ भन्छ । अहिले सोध्नुभयो भने पनि ‘मैले गर्दा केटि आएकी थिईन्, साईकल बनाएर मैले नै बलात्कार गरेको हुँ’ भनेर भन्छ । उ आफैंले मैले नै गरेको हुा भन्छ भने उसलाई यातना दिनु जरुरी छ र ?

९) निर्मला काण्डमा प्रहरी चुकेको कहाँनेर हो ?
सबैभन्दा अप्ठेरो परेको भनेको आन्दोलन हो । घटनास्थलमा लाश फेला परेदेखि नै आन्दोलन सुरु गर्दा अनुसन्धानमा समस्या भयो । लाश फेला परेको ठाउँमा ‘एसपी, सिडिओ आउनुपर्छ भन्ने कि मेयर आउनुपर्छ भन्ने ?’ मेयरलाई खोजी गर्ने कि एसपी सिडिओलाई खोज्ने ? मेयरलाई घटनास्थलमा बोलाउँदादेखि नै यो घटनालाई राजनीतिकरण गर्न सुरु भयो । लाशलाई नगरपालिकामा लाने कि अञ्चल अस्पताल लाने ?

१०) त्यत्रो आन्दोलन नगरिएको भए दिलिप विष्ट जस्ता निर्दोष व्यक्ति नै निर्मलाका अपराधी हुने थिए नी ?
आन्दोलन नगरेको भए सायद दोषी फेला पथ्र्ये ! किनकी ४ दिनसम्म हामीहरु श्वास फेर्न समय समय पाएनौं । म जिल्ला प्रशासनमा बन्दी रहे । ४ दिनसम्म बिहान देखि बेलुकासम्म म बन्दी रहे । न त कसैलाई निर्देशन दिन पाए । न त जिल्ला प्रशासनबाट बाहिर निस्किन पाए ।

घटना घटेको ४ दिनभने सबैभन्दा महत्वपूर्ण हो । बाहिर आन्दोलन छ, प्रहरी आन्दोलन नियन्त्रणमा जाने की घटनाको अनुसन्धान गर्ने कि अन्य कामकारवाही गर्ने हामी आन्दोलनमै रह्यौं । सबैभन्दा बढी आन्दोलन असर गरेको हो ।

 

Logo