रुकुमपुर्व एमालेका प्रभावशाली नेता कैलाश मल्ल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

रुकुमपुर्व एमालेका प्रभावशाली नेता कैलाश मल्ल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । रुकुमपूर्व एमालेका प्रभावशाली नेता कैलाशकुमार मल्ल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । एमालेका २०७९ का प्रतिनिधिसभा उम्मेदवार तथा जिल्लामा निकै प्रभावशाली मानिने कैलाशकुमार मल्लले एमाले राजनीतिको भविष्य नभएको भन्दै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । उनलाई शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफैं सदस्यता दिएर स्वागत गरेका छन् ।

कैलाश मल्ल रुकुम पुर्वमा २०७९ मा माओवादीका पूर्णबहादुर घर्तीसँग पराजित भएका थिए (घर्ती १२,२६२, मल्ल ५,२११ मत) । तर जिल्लामा उनको जनाधार बलियो मानिन्छ । एमालेमा रहेर लामो समय राजनीति गरेका मल्लले एमाले पार्टीमा रहनुको औचित्य नभएको बताएका छन् ।

उनले भनेका छन् र्, ७० वर्ष उमेरहद र दुई कार्यकाल सीमा हटाएर केपी ओलीले व्यक्तिगत स्वार्थ देखाए ,जनयुद्धका पुराना माओवादी पृष्ठभूमिका नेताहरूलाई बहिष्कार र अपमानको भाष्य प्रयोग गरे, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेर अहंकार देखाए, रुकुम–रोल्पा जस्तो ‘रातो क्षेत्र’प्रति उदासीनता, शहीद परिवारप्रति बेवास्ता र पार्टीभित्र भ्रष्टाचारको संरक्षण गर्नुले सच्चा नेता तथा कार्यकर्ता एमालेमा रहनुको औचित्य छैन् ।’

यस्तै मल्लले जेन जी आन्दोलन तत्कालिन सरकारका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको अहंकारका कारण भएको समेत आरोप लगाए । जनभावना विपरित सरकार सञ्चालन गर्नु र भ्रष्टाचारीहरुको संरक्षण गरेका कारण जनतामा वितृष्णा जागेर जनता सडकमा आएको उनको ठहर छ ।

यो घटनाले रुकुमपूर्वको आगामी स्थानीय तह र प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा ठूलो असर पार्ने निश्चित छ । एमालेको जनाधारमा गम्भीर धक्का लागेको छ भने नेपाली कम्युनिष्ट पार्टी बलियो हुने देखिएको छ ।

Logo