काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औँसीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने – माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् । उनले लेखेका छन्- ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भनेका छन् ।
नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री शाहले आमालाई सधैं हँसाउन सकौँ भन्ने कामना गरेका छन् ।
‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।































प्रतिक्रिया