सङ्खुवासभामा एकद्वार प्रणालीबाट सेवा सुरु, नागरिकलाई राहत

सङ्खुवासभामा एकद्वार प्रणालीबाट सेवा सुरु, नागरिकलाई राहत

केन्द्रबिन्दु
18
Shares

किमाथाङ्का। जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले अब एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ। यससँगै नागरिकता, राहदानीलगायतका सेवा एउटै स्थानबाट उपलब्ध हुने भएको छ।

यसअघि सेवाग्राहीले विभिन्न शाखा धाउनुपर्ने बाध्यता थियो। नयाँ प्रणाली लागू भएपछि प्रशासनिक काम छिटो र सहज हुने अपेक्षा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सोमबारदेखि औपचारिक रूपमा एकद्वार सेवा प्रणाली लागू गरिएको हो। सेवाग्राहीलाई सहयोग गर्न सहायता कक्ष पनि सञ्चालन गरिएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन देशभर एकद्वार प्रणाली विस्तार गर्ने नीति अघि बढाइरहेको छ।

Skip This
Skip This
Logo