‘संसद विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबै दलसँग मिलेर सरकार बनाउँछौं’: नेता नेपाल

‘संसद विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबै दलसँग मिलेर सरकार बनाउँछौं’: नेता नेपाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष  माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताएका छन् । 

नेपाल प्रेस सङ्गठन मोरङद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार व्यक्त गरे । 

नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा पूर्वप्रधानमन्त्री नेपालले राखेका थिए । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।रासस

Logo