एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव पेश

एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव पेश


नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गरिएको छ।

ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका हुन्। तीन वटै प्रस्तावमाथि समूह बनाएर छलफल हुने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

पार्टीको नीति र विधिमा मात्रै केन्द्रित भएर एमालेले पहिलो पटक विधान महाधिवेशन आयोजना गरेको हो। ३ दिनसम्म चल्ने सो महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुने र तेस्रो दिन आइतबार प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफसहित महाधिवेशन समापन हुनेछ। एमालेको नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन भने आगामी मंसीर दोस्रो साता तोकिएको छ।

Logo