राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय स्वास्थ्य विभागले स्वास्थ्य सेवा विभागसँग'खोप चोरी प्रकरण'माथि भइरहेको छानविन प्रक्रियाबारे जानकारी माग गरेको छ।
यसअघि 'खोप चोरी प्रकरण'मा संलग्न व्यक्तिहरूमाथि छनविनको माख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेको संघले आइतबार बिहान टेकुस्थित स्वास्थ्य सेवा विभागको कार्यालय पुगेर छानविन प्रक्रियाबारे जानकारी माग गरेको हो।
छानविन प्रक्रियाबारे जानकारी लिँदै संघका केन्द्रीय प्रचार विभाग प्रमुख महाराज गुरुङले २४ लाख खोप स्वास्थ्य मन्त्रालयले गायब पारेको जानकारी दिए। उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामाको माग गर्दै संघ निरन्तर आन्दोलनमै रहेको जानकारीसमेत दिए। यस्तै संघले आइतवार स्वास्थ्य सेवा विभागमा २४ लाख खोप हराएको भन्दै त्यसको स्रोत माग गरेको छ।
प्रचार विभाग प्रमुख गुरुङका अनुसार २४ लाख खोप हराएको भएपनि आइतबार स्वास्थ्य सेवा विभागले हराएका सबै खोपको विवरण दिन सकेको छैन। उनले खोपको विषयसँगै संघले विभिन्न विषयमा आवाज उठाइरहेको र आन्दोलनका कार्यक्रमहरू जारी रहेको जानकारी दिए।































प्रतिक्रिया