प्रधानमन्त्रीलाई योगेश भट्टराईको प्रश्न, ‘नेपालको चुच्चे नक्सा कता गयो ?’

प्रधानमन्त्रीलाई योगेश भट्टराईको प्रश्न, ‘नेपालको चुच्चे नक्सा कता गयो ?’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले १ सय दिनमा गरेका कामहरुबारे प्रकाशन गरिएको पुस्तकमा चुच्चे नक्सा नराखेको भन्दै बिरोध भएको छ। 

नेपाल सरकारले प्रकाशन गरेको तस्बिरमा सरकारका १०० दिन नामक पुस्तकमा चुच्चे नक्सा नराखिएको भन्दै बिरोध भएको हो। 

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद्ले सर्वसम्मतरुपमा पास गरेको नेपालको चुच्चे नक्सा कता गयो भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन् । 

'नेपाल सरकार प्रकाशक रहेको तस्बिरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसद्ले सर्वसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्सा कता गयो प्रम देउवाज्यु?' उनले भनेका छन्, 'कि तपाईंलाई संसद्को निर्णय मान्य छैन ? होइन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिकरुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन्।'

Logo