कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार पुन: बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार पुन: बस्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बसेको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बैठक बसेको हो।

माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय 'डिना', सदस्यहरू विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउदले आफ्नो धारणा राखेका थिए।

बैठक फागुन ३ गते मंगलबार बस्ने गरि स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

Skip This
Skip This
Logo