सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

केन्द्रबिन्दु
0
Shares

सर्वदलीय बैठकमा एमाले नजाने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको हो । 

सभामुखले गर्ने छलफलको औचित्य नभएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने एमाले सांसद शेरबहादुर तामाङले बताए । 

सभामुख सापकोटाले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावबारे छलफल गर्न दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बाेलाएका छन् । 

एमालेले यसअघि पनि सभामुख सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।

 

Logo