सांसदले उठाएका विषयप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

सांसदले उठाएका विषयप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय, विशेष समूहमा सांसदहरुले उठाएका विषयप्रति सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।

‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुको सन्दर्भमा सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने ।

शून्य, र विशेष समयमा सांसदहरुले समसामयिक विषय तथा जनजीविकाको विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेका छन्।

Logo