सौर्य आधीका कारण इलन मस्कको ‘स्पेस एक्स’ कंपनीलाई करोडौं नोक्सानी

सौर्य आधीका कारण इलन मस्कको ‘स्पेस एक्स’ कंपनीलाई करोडौं नोक्सानी


केही समयदेखि सौर्य विस्फोटका कारण सूर्य अनियन्त्रित देखिन्छ । 

यी विस्फोटका कारण सौर्य आँधीहरू निम्त्याइरहेको छ । जुन सौर्यमण्डलको हरेक दिशामा फैलिरहेको छ । यी बाहेक सौर्य आँधीहरूले आफ्नो बाटोमा आउने सबै चिजहरुलाई नष्ट गरिरहेको छ । अहिले धेरैजसो उपग्रहहरू यसको चपेटामा परेका छन । 

रिपोर्टका अनुसार इलन मस्कको कम्पनी ‘स्पेस एक्स’ पनि सूर्यको विनाशकारी आधीको शिकार भएको छ । सूर्यको विनाशकारी आधीका कारण इलन मस्कको स्टारलिंक उपग्रहहरू नष्ट भएका छन् । यो दुर्घटनाका कारण मस्कको कम्पनी ‘स्पेस एक्स’ ले करोडौं डलर गुमाएको छ । रिपोर्टका अनुसार यो घटना यो वर्षको सुरुमै भएको थियो तर अनुसन्धानकर्ताहरूले अहिले मात्र यस घटनाको बारेमा खुलासा गरेका हुन् । हालै सौर्य आँधीका कारण अमेरिकाको ग्यालेक्सी१५ स्याटेलाइटको नियन्त्रण गुमेको थियो ।

सौर्य आधीका कारण निरन्तर सूर्यबाट कोरोनल मास इजेक्शन भइरहेको छ ।  जसका कारण पृथ्वीको नजिकबाट आएको एक भयानक सौर्यआँधीका कारण ३८ भु–उपग्रह नष्ट भएको बताइएको छ । एलोन मस्कसँग हाल अन्तरिक्षमा ३ हजार भन्दा बढी भु–उपग्रहहरू छन् । कम्पनीले अझै हजारौं भु–उपग्रहहरू प्रक्षेपण गर्ने योजना बनाइरहेको छ ।

हालै सूर्यको आयुका बारेमा गरिएको एक अध्ययन अनुसार सूर्यले हालसम्म ४ अर्ब ५७ करोड वर्ष पार गरिसकेको छ अर्थात सुर्यले आफ्नो उमेर झण्डै आधा पार गरिसकेको छ । 

Logo