कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?


हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हाल  प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा  सामान्य बदली रहेको छ । प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा  भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा  सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश  र  लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

राती पनि कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशहरूका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश  र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

Logo