लेकालीले यसरी सम्झियो आफ्नो सांगीतिक विगत

काठमाडौं । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपाली लेकालीका गीतहरू प्रस्तुत भएका छन् । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा प्रस्तुत भएको कार्यक्रममा लेकालीले सृजना गरेका १४ वटा गीतहरू प्रस्तुत भएका थिए ।

वि.सं. २०२४ सालमा स्थापना भएको लेकालीले समूहको नाममा एकल कन्सर्ट नगरेको लामो समय बितिसकेको थियो । लेकालीले यसअघि २०२८ सालमा आफ्नो पछिल्लो सांगीतिक कार्यक्रम गरेको संझना गर्‍यो ।

 लेकालीले संगीतकारगीतकार तथा गायक द्वय गणेश रसिक र हिरण्य भोजपुरेले भरेका धुहरूलाई गाउने गरेकाछन् । उनीहरूका धुनहरू तत्कालिन समसामयिक प्रचलन र लोक धुनमा आधारित हुने गर्छन् । लेकालीले शुक्रबार साँझ तिनै पुराना र चर्चित गीतहरू गाएर नेपालयको आरशालामा उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो ।

 कार्यक्रममा लेकालीका प्रारम्भिक चरणका तीन सदस्य गणेश रसिकहिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको सहभागिता रहेको थियो । विगतमा धेरै सदस्यका साथ प्रस्तुत भएको लेकालीले आफ्ना धेरैजसो सयात्रीमध्ये कोही देश बाहिर रहेको र कतिपयको अवसान भएको जानकारी गराएको थियो । लेकालीमा निर्मला श्रेष्ठशशि भण्डारीइन्द्रनारायण मानन्धरकमला श्रेष्ठ,नवीनकिशोर राईनीरा श्रेष्ठन्हुच्छे बहादुर लगायतको संलग्नता रहेको थियो । यी मध्ये आरशालामा उपस्थित नीरा श्रेष्ठ भने स्वस्थ्यका कारण मञ्चमा उपस्थित भइनन् । शशी भण्डारी र कमला श्रेष्ठ दिवंगत भइसकेका छन् ।

 कार्यक्रमको शुरुवात एकताका रेडियो नेपालबाट घन्किएर लोकप्रिय बनेको गीत लहरा पहरा छहराको देशबाट भएको थियो । लेकालीले वि.सं. २०२५ मा गरेको आफ्नो पहिलो कार्यक्रमलाई यही गीतको बोलबाट नामाकरण गरेको जानकारी गराएको थियो । आफ्ना संस्मरणसहित गीत प्रस्तुत गरिरहेका लेकाली सदस्यका रोचक प्रसंगहरूले कार्यक्रममा थप रौनक थपेको थियो ।

 तेस्रो गीत शुरु गर्ने क्रममा गायक रसिकले भोजपुरबाट काठमाण्डौ आउँदाको आफ्नो विगत सम्झँदै आफ्नो सांगीतिक शुरुवातराल्फाबाट भएको स्मरण गरेका थिए । राल्फाबाट पृथक् भएपछि हिरण्य भोजपुरेसँगको भेट र लेकालीको आरम्भ भएको प्रसंग जोड्दै उनले हुस्सुले छोपेको शहर’ सुनाएका थिए ।

 चौथो गीत लेकालीको पलेँटीमा अतिथि गायिकाको रुपमा संलग्न भएकी लोकप्रिय गायिका मीना निरौलाले सुनाएकी थिइन् । हिरण्य भोजपुरेले सृजना गरेको गीत म सानो मेरो मन सानो मीनाको स्वरमा निकै सुहाएको प्रतिक्रिया दर्शकहरूबाट आएको सुनिन्थ्यो । त्यसपछि गणेश रसिकले सृजना गरेका दुईवटा युगल गीतमा पनि रसिकलाई मीनाले साथ दिएकी थिइन् । रसिकले पछिल्लो चरणमा सृजना गरेका यी दुई गीतमा उनले काव्यिक प्रयोग गरेको छनक पाइन्थ्यो । स्लो नम्बरका यी गीतओ शून्यता’ र तिम्रो सुन्दर रुपमा बस्छु म’ मार्फत् रसिकले मानवीय संवेदनालाई पृथक बिम्बकासाथ अभिव्यक्त गरेका छन् ।

 कार्यक्रमको अर्को चरणमा महिला र पुरुष युगल गीत प्रस्तुत भएका थिए । महिलायुगल गाउनु पहिले उर्मिला श्रेष्ठले आफ्नो पारिवारिक पृष्ठभूमिलाई सम्झँदै त्यतिबेला महिलाले गीत गाउनुलाई काठमाण्डौको रैथाने नेवार परिवारले सहजतापूर्वक नलिएको सन्दर्भ सम्झिइन् । उर्मिला र मीनाको स्वरबाट खोलाको तिरमा’ र काफल पाक्यो’ गुञ्जनसँगै कार्यक्रमले लोकशैलीका गीतमा प्रवेश गरेको थियो ।

 नेपाली गीतहरू विशेषगरि तीन तरिकाले बन्ने गरेका छन्शास्त्रियअन्तरराष्ट्रिय र लोक शैलीमा । शास्त्रिय र अन्तरराष्ट्रिय शैलीमा बनेका गीतलाई आधुनिक भनियो तर हामीले चाहिँ लोक गीत जस्तै गीत आफूले सृजना गर्दा पनि तिनलाई आधुनिक भनिएन तर भनिनु पर्छ भन्ने हाम्रो मान्यता थियो ।‘ हिरण्य भोजपुरेले लेकालीका रचनाका बारेमा आफ्नो धारणा राखे । रसिकले पनि भोजपुरेसँग लोली मिलाउँदै थपे- हामीले आफू जन्मे हुर्केको परिवेशबाट सरल शब्दहरू लियौं र तिनलाई नै धुन भर्‍यौं । हामीले लोक पाराकै शैली अपनाएकोले सायद ती लोकगीत जस्तै भए । हामीलाई यिनै गीतले फरक पहिचान पनि दिए ।

 विगतमा अभावको बेला लेकालीलाई आफ्ना अभिभावकहरूले सहयोग गरे र हामी यो क्षेत्रमा लाग्न पायौं अहिले हाम्रा सन्तानहरू सक्षम भएका छन् र हामीलाई सहयोग गरिरहेका छन् र यो उमेरमा पनि गाउने जमर्को गरिरहेका छौं ।‘ उर्मिला भन्दै हुन्छिन् । उनको संकेत लेकालीको पहिलो कार्यक्रम हेर्न अमेरिकादेखि नेपाल आएका छोरा सिरिशतिर हुन्छ । आमाको प्रतिक्रिया सुनेर सिरिश निकै खुशी देखिन्थे । सिरिश वि.सं. २०२८ सालको लेकालीको पछिल्लो कार्यक्रम हुँदा जन्मेकै थिएनन् । 

 रसिक र भोजपुरेले गाएका युगल गीत ए हैहै आज भेडाबाख्रा कता लाने?’ र त्यो माथिबाट को मान्छे झर्‍यो-ए मितज्यूले कार्यक्रमलाई झन् रोचक बनाउँदै लगे । त्यसपछि लेकालीका चर्चित गीतहरू बस बस रे’, ‘हर हर महादेव पानी देऊ’, ‘झाँक्री गीत’, प्रस्तुत हुँदा दर्शकमा हाँसो र उमंग थपिएको देखिन्थ्यो । हाँसो रमाइलोकै बीच लेकालीले रातो भालेबाट आफ्नो कार्यक्रमको समापन गरेको थियो ।

पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मीबाँसुरीमा बलराम समालतबलामा सन्देश महर्जनगिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए ।

पलेँटीको आउँदो महिनाको शृंखलामा गीतकार तथा कविहरू कालीप्रसाद रिजालमञ्जुल र तीर्थ श्रेष्ठ प्रस्तुत गरिने कुरा आयोजक संस्था नेपालयले जानकरी गराएको छ । सो अवसरमा तीनजनै श्रष्टाहरूको पुस्तक सार्वजनिक गर्ने कुरा पनि जानकारी गराइएको थियो ।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी हाल अन्तिम सप्तान्त- शुक्रवारशनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ । त्यसैले यसपालीको पलेँटी पनि शनिबार र आइतबारसमेत निरन्तर रहनेछ ।