अभिनेत्री तारा र प्रेमी आदरको ब्रेकअप

अभिनेत्री तारा र प्रेमी आदरको ब्रेकअप


बलिउड अभिनेता तारा सुतारिया र उनका प्रेमी आदर जेनको ब्रेकअप भएको छ । तारा र आदरले आफ्नो सम्बन्धका बारेमा कहिल्यै मुख खोलेनन्, तर पनि दुवैजना कयौं कार्यक्रममासँगै देखिन्थे ।

सामाजिक सञ्जालमा पनि एकअर्काको तस्बिर आइरहँदा अहिले भने दुवै अलग्गिएको खबर सार्वजनिक भएको छ । समाचारअनुसार दुवैले आपसी सहमतिमा अलग हुने निर्णय लिएका हुन् । ब्रेकअपपछि एक मिल्ने साथीका रुपमा भने सम्बन्ध कायमै राखेका छन् । यसपटक कपूर परिवारले आयोजना गरेको क्रिसमस पार्टीमा तारा नदेखिएपछि आदरसँगको सम्बन्धका बारेमा अड्कलबाजी गरिएको थियो । किनकि यसअघिका हरेक कपूर परिवारका कार्यक्रममा उनको उपस्थिति अनिवार्य झैं हुन्थ्यो ।

रणवीर कपुरको कजिन आदरको तारासँग पहिलो भेट सन् २०१८ मा दिवाली पार्टीमा भएको थियो । यो भेटपछि उनीहरुको सम्बन्ध प्रगाढ हुँदै गयो । प्रायः सामाजिक सञ्जालमा उनीहरू सँगैको तस्बिर शेयर गरिरहन्थे । तर, अब भने उनीहरुको सम्बन्धमा ब्रेक लागेको छ ।

Logo