ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशन सुरु, सहमतिमा नेतृत्व चयन गर्न ओलीको सुझाव

ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशन सुरु, सहमतिमा नेतृत्व चयन गर्न ओलीको सुझाव


नेकपा एमालेनिकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को २३औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका हुन् ।

महाअधिवेशनको उद्घाटनसत्रलाई अहिले अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । उनले नेतृत्व चयनमा समझदारी कायम गर्न आग्रह गरेका छन् । 

यसअघि अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने बताएकी थिइन् । मतदानमा जानुपरेमा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताएकी थिइन् । 

महाधिवेशनले नेतृत्वसहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । आगामी नेतृत्वका लागि आरसी लामिछाने र मोती विश्वकर्मा रसमिक बडालले दाबी गरिरहेका छन् ।

Logo