आइएमई पेबाट अब सजिलै ट्राफिक फाइन तिर्न सकिने

आइएमई पेबाट अब सजिलै ट्राफिक फाइन तिर्न सकिने


आइएमई पेमार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थप भएकाे छ । 

आफ्ना ग्राहकहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नेछन् । 

ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो । ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा सरकारी सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्ने कम्पनीले जनाएको छ । 

Logo