एनसेलसँगको मुद्दा प्रकरणबारे प्रष्ट पार्न सांसद सुवालको माग

एनसेलसँगको मुद्दा प्रकरणबारे प्रष्ट पार्न सांसद सुवालको माग


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एनसेलसँग मुद्दाको विषयमा प्रष्ट पार्न सरकारसँग माग गरेका छन् । 

सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद सुवालले एनसेलसँगको १ खर्व उठाउने मुद्धा सरकारले जित्यो र ४५ करोड रुपैयाँ सरकारले एनसेललाई तिर्नुपर्ने भन्नेकुरा आएकाे बताएका हुन् । यसबारेमा नेपाली समाजमा भ्रम रहेकोले सरकारले नै प्रष्ट पार्नुपर्ने उनले माग राखे । 

उनले भने, ‘एनसेलसँग १ खर्व उठाउने मुद्धा सरकारले जित्यो भन्ने समाचार आयो । र एनसेलले तत्कालै सरकारलाई तिर्नु पर्ने छैन भनेर पनिआयो । यो के भएको हो ? र, अर्को ४५ करोड रुपैयाँ एनसेलका अधिकारीहरुको कारणले सरकारले एनसेललाई तिर्नु पर्ने भन्ने पनि छ । यसमा सरकारको अधिकारीहरुको के कमजोरी भयो । जनताको आम्दानीचाहीँ केही अधिकारीहरुको कारण एनसेललाई करोडौं तिर्नुपर्ने यसमा के भएको हो ? सम्बन्धित अधिकारीहरुले असुल उपर गर्नुपर्छ जनताले एनसेललाई तिर्ने कुरा हुँदैन ।’ 

सांसद सुवालले ध्वनी प्रदूषण साईलेन्ट किलर भएको र यसलाई सञ्चार माध्यमले  प्राथमिकतामा नराखेको गुनासो गरे । यसलाई नियन्त्रण गर्नुपर्ने पनि उनको सुझाव थियो । 

Logo