एनआईसी एशिया क्यापिटल र महालक्ष्मी विकास बैंकबीच सम्झौता

एनआईसी एशिया क्यापिटल र महालक्ष्मी विकास बैंकबीच सम्झौता


एनआईसी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड बीच “११ % महालक्ष्मी डिबेन्चर, २०८९” को रजिष्ट्रार सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित १ अर्व रुपैयाँ बराबरको दश लाख कित्ता “११ % महालक्ष्मी डिबेन्चर, २०८९” को दुईपक्षिय सम्झौता सम्पन्न भएको हो । ऋणपत्रको अवधि १० वर्ष रहेको छ । उक्त ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइने छ । 

सम्झौतासँगै लगानीकर्ताहरुको ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको ऋणपत्रहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, ऋणपत्रधनीहरुको लगत अध्यावधिक गरि राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु आषाढ ५ गते मंगलबारदेखि क्यापिटलकाे थापाथलीस्थित कार्यालयमार्फत हुने बताइएको छ ।

एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपीओ सेवाअन्तर्गत जुनसुकै अवस्था र जुनसुकै चरणमा रहेका कम्पनीहरुलाई आइपीओ जारी गर्ने तहसम्म पुर्‍याई सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

Logo