शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मालाई ‘प्रोज्ज्वल नक्षत्र सम्मान’

शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मालाई ‘प्रोज्ज्वल नक्षत्र सम्मान’


शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मा प्रोज्ज्वल नक्षत्र सम्मानबाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच नेपालको शैक्षिक क्षेत्र सुधारका लागि पाँच दशक बढी समयदेखि सक्रिय रहेका शिक्षाविद् प्रा.डा. शर्मालाई ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र सम्मानपत्र’ प्रदान गरेको हो ।  

सिन्धुली जिल्लाको खुर्कोटमा विसं १९९७ श्रावण ७ गते जन्मिएका शर्माले शैक्षिक क्षेत्र सुधारका लागि कोरेका मार्गचित्रमा आधारित भएर सरकारले पटकपटक योजनाहरु बनाएको छ । तीनै योजनाका आधारमा नेपालभरका शिक्षकले चक डष्टर चलाउँछन् भने सरोकारवाला व्यक्तिले शैक्षिक क्यालेन्डर बनाउने गरेका छन् । 

जनकपुरबाट एसएलसी पास गरेका डा. शर्माले स्नातकसम्मको अध्ययन पब्लिक साइन्स क्याम्पस (अहिलेको अमृत साइन्स क्याम्पस) र स्नातकोत्तर कर्नाटक विश्वविद्यालय भारतबाट पूरा गरेका थिए भने युनिभर्सिटी अफ साउथ बैंक, लण्डनबाट पिएचडी गरे । 

प्राविधिक शिक्षा र व्यवसायिक प्रशिक्षण परिषद्को पहिलो कार्यकारी निर्देशकसमेत रहेका शर्मा आफ्नै पहलमा सन् १९९१ मा स्थापना भएको काठमाडौं विश्वविद्यालयको पहिलो उपकुलपति समेत हुन् । त्रिभुवन विश्वविद्यालयमा १२ वर्ष प्राध्यापन गरेका उनले सन् २०१४ मा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट मानार्थ डक्टरेट उपाधि पनि पाएका छन् । 

Logo