#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32887619995428763038524261806
नेपाल718214671834153013

कोरोना सङ्क्रमणका कारण एशियाभन्दा यूरोपमा बढीको मृत्यु

काठमाडौं ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार एशियाभन्दा यूरोपमा बढी पुगेको एएफपीलाई प्राप्त आधिकारिक तथ्याङ्कमा देखिएको छ ।

ग्रीनवीच समय अनुसार बुधबार बिहान ११ बजेसम्मको तथ्याङ्कमा यूरोपका बढी प्रभावित मुलुकहरू इटाली, स्पेन लगायतका मुलुकमा तीन हजार ४२२ जनाको मृत्यु भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन हजार ३८४ रहेको छ । प्राप्त तथ्याङ्क अनुसार बुधबार बिहानसम्म विश्वभर यस भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या २ लाख १८ हजार १७७ पुगेको छ भने आठ हजार ८०५ जनाको मृत्यु भएको छ ।

भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु चीनमा भएको छ भने यूरोपमा इटालीमा भएको छ । चीनमा बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या तीन हजार २३७ पुगेको छ । इटालीमा दुई हजार ९७८ जनाको मृत्यु भएको छ भने अर्को बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा ६३८ व्यक्तिको भाइरस सङ्क्रमणपछि मृत्यु भएको छ ।

चीनबाहिर उक्त भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ३३४ पुगेको छ भने चीनमा ८१ हजार १३७ जनामा सङ्क्रमण पुष्टि भश्रएको छ । चीनपपिछ बढी सङ्क्रमित सङ्ख्या इटालीमा ३५ हजार ७१३ जना रहेको छ भने इरानमा १७ हजार ३६१ पुगेको छ । इरानमा १ हजार १३५ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

यस्तै विश्वभर ८४ हजार ११२ जना निको भएर घर फर्किएका छन् । १७३ देशमा कोरोनाले प्रभाव जमाएको छ । एएफपी

सम्बन्धित समाचारहरु