सीमानामा करेन्ट लगाउनुपर्ने मागदेखि उद्योगहरुमा आंशिक उत्पादन शुरुसम्म (भिडियोसहित)

सीमानामा करेन्ट लगाउनुपर्ने मागदेखि उद्योगहरुमा आंशिक उत्पादन शुरुसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये सांसदहरुले सीमा नाकाम काँडेतार वा पर्खाल लगाउनुपर्ने माग गरेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरुले सो माग गरेको हुन् । नेकपाका सांसद रामनारायण विडारीले सीमानामा तारजाली लगाएर रातको समयमा करेन्ट छोड्नुपर्ने बताए ।

यस्तै सरकारले जेठ १ गतेदेखि देशैभर लकडाउन थप कडा पार्ने निर्णय गरेको छ । देशभर कोरोना संक्रमणको दर बढ्दै गएसँगै लकडाउनलाई थप कडा पार्ने निर्णय गरिएको हो । सरकारले गत २६ गतेदेखि काठमाडौं उपत्यकामा लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको थियो ।

लकडाउनका कारण लामो समयसम्म बन्द रहेका उद्योगहरुले आंशिक उत्पादन शुरु गरेका छन् । सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु सञ्चालन गर्ने अनुमति दिएपछि उद्योगहरुले आंशिक उत्पादन शुरु गरेका हुन् । तर उद्योगका लागि आवश्यक कच्चा पदार्थ नहुँदा लक्ष्य अनुरुप उत्पादन हुन नसकेको उनीहरुको गुनासो छ ।

त्यस्तैगरी नेपालमा पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार, नर्स र सुरक्षाकर्मी संक्रमित भएको पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको भन्दा पूर्ण रुपमा निको भएर घर फर्किनेको संख्या बढी छ । अहिलेसम्मको तथ्यांक अनुसार विश्वभर कूल ज्यान गुमाउनेको संख्या भन्दा ५ दशमलव ४९ गुणा बढी निको भएका छन् । पूरा समाचारका लागि केन्द्रबिनदु बुलेटिन हेर्न नभूल्नुहोला

Logo