भारतमा भयङ्कर दुर्घटना, ४४ जनाको मृत्यु

भारतमा भयङ्कर दुर्घटना, ४४ जनाको मृत्यु


भारतको हिमाचल प्रदेशको कुल्लू भन्ने ठाउँमा भएको भयङ्कर बस दुर्घटनामा ४४ जनाको ज्यान गएको छ।

बिहिवार बंजार शहरबाट गढ गुशैणी क्षेत्रमा गइरहेको बस नदीमा खसेर दुर्घटना भएको र ३५ जना घाइते भएको संचारमाध्यमहरुले लेखेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बसमा यात्रा गरिरहेका मानिसहरु अधिकांश त्यहीकै स्थानीय रहेको बताइएको छ ।

Logo