कलाकार राजु मास्टरको फेसबुक ह्याक : सहयोग खोज्दै प्रहरीमा

कलाकार राजु मास्टरको फेसबुक ह्याक : सहयोग खोज्दै प्रहरीमा


नुवाकोट
फेसबुक ह्याक भएपछि कलाकार राजु पौडेल ( राजु मास्टर ) सहयोग माग्दै प्रहरीसम्म पुगेका छन् ।

हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ का निर्देशक समेत रहेका राजु मास्टरको फेसबुक ह्याक भएको हो । फेसबुक ह्याक भएपछि दोषीमाथि कारबाहीको माग गर्दै उनी प्रहरीसम्म पुगेका हुन् ।

फेसबुकमा अनावश्यक तस्बिर पोस्ट हुन थालेपछि पौडेल प्रहरीसम्म पुगेका हुन् । राजुले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतीय कारोवार ऐन अन्र्तगत छानबिन गरेर कारबाहीको माग गरेका छन् ।

पौडेलले आफ्नो फेसबुक शुक्रबार साँझ ६ वजेबाट ह्याक भएपछि प्रहरीमा उजुरी दिएका हुन् । ह्याक भएको पौडेलको फेसबुकमा कोरियन भाषाका शब्द लेखिएको छ ।
अन्नपूर्णबाट

Logo