नेपाल vs नेदरल्याण्ड्स:  अर्धशतक प्रहार गर्दै पारस खड्का आउट, ६ विकेट गयो

नेपाल vs नेदरल्याण्ड्स:  अर्धशतक प्रहार गर्दै पारस खड्का आउट, ६ विकेट गयो


टस जितेर ब्याटिङ गरिरहेको नेपालको छैठौ विकेट पनि पतन भएको छ । पारस खड्का, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सुबास खकुरेल, ज्ञानेन्द्र मल्ल र अनिल कुमार साह बाहिरिएका हुन् ।

छैठौ विकेट अन्तर्गत ३१ ओभरमा कप्तान पारस खड्का आउट भएका हुन् । उनले अर्धशतक प्रहार गरेका छन् । पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएका हुन् । 

रोहित कुमार पौडेलले १५ बल खेल्दै १ चौकासहित ६ रन बनाएर आउट भए। यसअघि १५औं ओभरको पाँचौ बलमा दीपेन्द्र सिंह ऐरी रन आउट भएका थिए। रिपोनको बलमा आउट हुनुअघि ऐरीले १७ बलमा ३ चौकासहित १९ रन बनाए।

यसअघि १२औं ओभरमा सुबास खकुरेल बोल्ड आउट भए । ३३ बल खेलेका खकुरेलले तीन चौका सहित १९ रन बनाएका थिए। त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल ७.३ ओभरमा फ्रेड कासेनको बलमा आउट भए भने ७.६ ओभरमा ज्ञानेन्द्रलाई रिप्लेस गरेका अनिल साह आउट भए ।

पहिलो पटक अनिल कुमार साह ३ बल खेल्दै ४ रन बनाएर बाहिरिए ।

Logo