काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका छन् । "/>

जापानका प्रधानमन्त्रीलाई ओलीको नेपाल भ्रमणको निम्तो

जापानका प्रधानमन्त्रीलाई ओलीको नेपाल भ्रमणको निम्तो


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका छन् । आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावा मार्फत उनले सो निमन्त्रणा गरेका हुन् ।

राजदूत ओगावाले सोमबार साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका थिए । उनी आफ्नो कार्यकाल सकेर मङ्गलबार स्वदेश फर्किंदै छन् । भेटमा प्रधानमन्त्री ओलीले गएको ११ वर्ष देखि नेपाल र जापानबीचमा उच्चस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्दै यथासम्भव छिटो नेपाल भ्रमणका लागि जापानी प्रधानमन्त्रीलाई आमन्त्रण गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लागेका राजदूत ओगावा नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सफल भएकामा प्रधानमन्त्री ओलीले बधाई ज्ञापन गरे ।

उनले नेपालको एक हितैषी एवं प्रमुख दाता राष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक, शैक्षिक लगायत विकासका विभिन्न क्षेत्रमा जापानले विगत लामो समय देखि विनाशर्त पु¥याउँदै आएको सहयोगप्रति जापानलाई विशेष धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच हाल रहि आएको सुमधुर सम्बन्धले आगामी दिनमा निरन्तरता पाओस् भनी राजदूत ओगावा मार्फत शुभकामना समेत व्यक्त गरेका छन् ।
रासस

Logo