बुधबार बस्ने मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त गर्नेछ । प्रदेश प्रमुखहरुको नियुक्तिमा वाम गठबन्धनले सहमति नजनाएपछि दुई मधेसवादी दल र कांग्रेसले भागवण्डा गरेर नियुक्त गर्नेछन् । "/>

अनुराधा कोइराला सहित पाँच प्रदेशमा काँग्रेसले प्रदेश प्रमुख मनोनित गर्दै

अनुराधा कोइराला सहित पाँच प्रदेशमा काँग्रेसले प्रदेश प्रमुख मनोनित गर्दै


काठमाडौं, ३ मााघ ।

बुधबार बस्ने मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त गर्नेछ । प्रदेश प्रमुखहरुको नियुक्तिमा वाम गठबन्धनले सहमति नजनाएपछि दुई मधेसवादी दल र कांग्रेसले भागवण्डा गरेर नियुक्त गर्नेछन् ।

प्रदेश नम्बर २ र ५ बाहेक अन्य प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश प्रमुखहरु नियुक्त हुनेछन् । प्रदेश नम्बर २ र ५ मा मधेसवादी दलको तर्फबाट प्रदेश प्रमुख नियुक्त हुनेछन् ।

स्रोतका अनुसार मधेसवादी दलहरुले अहिलेसम्म नाम पठाइसकेका छैनन्, तर नेपाली काँग्रेसले भने प्रदेश प्रमुखहरुको नाम लगभग टुंग्याएको छ ।

यी हुन काँग्रेसबाट प्रदेश प्रमुख बन्ने व्यक्तिहरु

प्रधानमन्त्री देउवा निकट स्रोत भन्छ, प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश  ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्ने तयारी रहेको छ । यी मध्ये केहीको नाम तलमाथी हुनसक्छ उनले भने ।

प्रदेश मुकाम पनि आजै तोकिने

त्यस्तै आजको बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने अस्थायी मुकाम पनि तोक्ने बताइएको छ । सरकारले विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।

Logo