छोरीको उत्तरपुस्तिकामा नम्बर सच्याउने लोकसेवाका अधिकृतविरुद्ध मुद्दा

छोरीको उत्तरपुस्तिकामा नम्बर सच्याउने लोकसेवाका अधिकृतविरुद्ध मुद्दा


लोकसेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीउपर सरकारी कागजात सच्याई अनियमितता गरेकोबारे आरोप–पत्र दायर गरिएको छ ।

शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सो सम्बन्धी उजुरी निवेदनमा अनुसन्धान हुँदा तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य कार्य भएको अख्तियारको ठहर छ ।

शाहीलाई सोही ऐनको दफा ११ अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५९१० बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

Logo