#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व638420537779730854552920953
नेपाल181181582221

पूर्वराजकुमारी प्रेरणाको दाइजोबारे सर्वोच्चको यस्तो आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वराजकुमारी प्रेरणा राज्य लक्ष्मी शाहले दाइजोमा पाएको जग्गा र घरसम्बन्धी विवादमा यसअघि आफैंले गरेका फैसलाहरु मगाउन आदेश दिएको छ । प्रेरणाबारे यसअघि आफैंले गरेको अन्तरविरोधी फैसलाहरु मगाउन आदेश दिएको हो ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले प्रेरणाले दाइजोमा पाएको काठमाडौं महानगरपालिका १३ को १५ रोपनी १ आना जग्गा र घरसम्बन्धी विवादमा सर्वोच्चबाट प्रेरणा र नेपाल ट्रष्टको पक्षमा भएको छुट्टाछुट्टै फैसला झिकाउने आदेश दिएको हो ।

प्रेरणाले आफूले दाइजोमा पाएको सम्पत्ति सरकारले जवरजस्ती खोस्न खोजेको भन्दै २०७५ पुस ६ गते रिट दायर गरेकी थिईन् । उक्त रीटमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सो आदेश दिएको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार