न्यायाधीश गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै बिरोध प्रदर्शन

न्यायाधीश गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै बिरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन भएको छ । 

मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् । न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै बिरोध गरिन् । 

गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलवार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुद्दा नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन् । उनले आफ्ना मागहरु अझै सुनुवाई नगरे बिरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन् । आफू काका शसुराबाट पटकपटक बलात्कारकारको प्रयासमा परेको तर अहिलेसम्म पनि मुद्दा पिडकलाई कारबाही हुन नसकेको उनले बताइन् । 
 
त्यस्तै, अर्की प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन् । उनले आरोपित गिरीको कम्प्लेन नै न्याय परिषद्ले लिन नमानेको बताइन् ।  

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी छ ।

Skip This
Skip This
Logo