मौसममा बदली, भोलिदेखि पानी पर्ने सम्भावना

मौसममा बदली, भोलिदेखि पानी पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम बदली भएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभावका कारण मौसम बदली भएको हो। आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमामा आंशिक बदली रहेको छ । तराईका केही भु–भागमा हुस्सुरकुहिरो लागेको छ र बांकी भू–भागमा सामान्यतया सफा छ । महाशाखाका अनुसार आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।

बिहीबारदेखि भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Logo