पोखरामा माघ १ गते यती एयरलाइन्सको ‘नाइन एन–एएनसी एटीआर–७२’ विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ।
नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका शव बुधबार बिहानदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ। मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि बुधबार बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ। कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिनेछ।
चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको बाँकी एक व्यक्ति अझै बेपत्ता रहेकाले खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ। सनाखत भएका केही शव भने पोखराबाटै आफन्तलाई बुझाइएको छ।































प्रतिक्रिया