हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र –५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रामझोडास्थित जनजागृति सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला हात्तीले टाउको किचेर मारेपछि सेउलाले छोपेको अवस्थामा माझीको शव फेला परेको थियो । उक्त वनमा ५ हात्ती घुमफिर गरिरहेको स्थानीयले बताएका छन् । बराहक्षेत्रमा एक महिनादेखि हात्तीको आवागमन बढेको छ । एक महिनाअघि मात्र उक्त क्षेत्रमा एक मृत हात्ती फेला परेको थियो ।

Logo